Wednesday, January 27

कोरोना महामारीलाई लिएर आयो अहिलेसम्मकै डरलाग्दो खबर, विश्वभर नै हलचल

August 16, 2020 291

एजेन्सी, ३२ साउन । विश्वभर कोरोना भाइरसले एकैदिन २ लाख ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म २ करोड १६ लाख ३५९ मानिस संक्रमित भएका छन् । यसमध्ये २ लाख ४८ हजार ८१७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

यस्तै एकै दिन थप ५ हजार १५२ जनाको मृ-त्यु भएको छ । योसँगै कोरोनाले विश्वमा मृ-त्यु हुनेको संख्या ७ लाख ६८ हजार ६०३ पुगेको छ । संक्रमितमध्ये १ करोड ४३ लाख २१ हजार ८४४ जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६.३० प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ९२७ जनाको मृ-त्यु भएको छ । ३१ लाख ४८ हजार १९४ जना संक्रमित भएकोमा १९ लाख ३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४६ हजार ६९० जनाको मृ-त्यु भएको छ । संक्रमितको संख्या ६५ लाख १९ हजार ५२८ पुगेको छ । त्यसमध्ये ३५ लाख ५५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख १८ हजार ६६१ जनाको मृ-त्यु भएको छ । ५५ लाख ७७ हजार ५२२ जना संक्रमित भएकोमा ४२ लाख ७० हजार ५३४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७४ हजार ५२८ जनाको मृ-त्यु भएको छ । ५२ लाख १६ हजार ५३० जना संक्रमित भएकोमा ३७ लाख ४८ हजार २८६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार ३७७ जनाको ज्यान गएको छ भने ११ लाख १२ हजार ७३२ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख २७ हजार ९८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४०५ जनाको मृ-त्यु भएको छ । २५ हजार १३२ जना संक्रमित भएकोमा १५ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृ-त्यु हुनेको संख्या ५० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा ९५० जनाको मृ-त्यु भएसँगै भारतमा आइतबार यो समाचार तयार पार्दासम्म मृ-त्यु हुनेको संख्या ५० हजार ८४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै भारतमा एकैदिन ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा ६३ हजार ९८६ जना संक्रमित भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार २०८ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म १८ लाख ६० हजार ६७२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार ४५२ जनाको उपचार भइरहेको छ ।

यस्तै उता ब्राजिलमा  कोरोना भाइरसको संक्रमणले १ लाख ७ हजारभन्दा बढीको मृ-त्यु भएको छ ।  यो समाचार तयार पार्दासम्म एकै दिन ७२६ जनाको मृ-त्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख ७ हजार २९७ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ३८ हजार ९३७ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३३ लाख १७ हजार ८३२ पुगेको छ ।अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २४ लाख ४ हजार २७२ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६ हजार २६३ जनाको उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्