Friday, February 26

एसबिआई बैंकका १२ जना कर्मचारीमा को’रोना सं’क्रमण !

August 15, 2020 55

रुपन्देहीको भैरहवामा रहेको एसबिआई बैंकका १२ जना कर्मचारीमा शनिबार को’रोना सं’क्रमण पुष्टि भएको छ। रुपन्देहीमा शनिबार थप भएका १७ जना को’रोना भा’इरसका सं’क्रमितमध्ये १२ जना बैंकका कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले एउटै कार्यालयमा यति धेरै संख्याका सं’क्रमित भेटिएको रुपन्देहीमा पहिलो घ’टना भएको बताए।

शाहले शनिबार भैरहवामा १४ जना सं’क्रमित थप भएको र २ जना सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ बेलहियाका रहेका छन्। यसअघि साउन २६ गते सिद्धार्थनगर क्षेत्रमा संकलन गरिएको २ सय ३५ जनाको स्वाब परीक्षण गर्दा एसबिआइ बैंकका एक जना कर्मचारीमा मात्र सं’क्रमण पुष्टि भएको थियो।

तिनै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्दा बैंकका थप १२ जनाको को’रोना रिपोर्ट पोजेटिभ आएको शाहले बताए। कर्मचारीमा सं’क्रमण देखिएपछि बैंक रोड भैरहवामा रहेको एसबिआई बैंकको शाखा कार्यालय बन्द गरिएको छ। यस्तै, शनिबार बुटवल उपमहानगर क्षेत्रमा तीन जना सं’क्रमित थपिएका छन्।शाहका अनुसार बुटवल ११ देवीनगरका २ जना छन् भने एक जनाको भने वडा नम्बर खुलेको छैन।

प्रतिकृया दिनुहोस्