काठमाडौं । दक्षिण चीन सागरमा केहि महिना यता अमेरिका र चीनबीचमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।
दक्षिण चीन सागर १ हजार वर्ष पहिला देखि नै आफ्नो बताउँदै आएको चीन र नजिकका देशहरुको पनि त्यति अधिकार छ जति चीनको छ भन्ने कुरामा अडिग रहेको अमेरिका बीचको सम्बन्ध झनै जटिल बन्दै गएको हो ।
अमेरिकाले चीनसँग हवाई क्षेत्रमा समेत अटेर गरेर जान थालेपछि चीनले चेतावनी दिँदै आएको छ ।
चीन र अमेरिका दुबैले दक्षिण चीन सागरमा अहिले आफ्ना सैन्य शक्ति र लडाकू विमानहरु तैनाथ गरेका छन् ।
यसैबीच चीन सरकारले आफ्ना सेनालाई एक आदेश जारी गरेको छ । चीनले शुरुमा आफूले गोली नचलाउनका लागि आफ्ना सैनिकहरुलाई आदेश दिएको हो ।
साथै चीन सरकारले आफ्ना सेनालाई युद्धबाट बच्न हरसम्भव प्रयाश गर्न समेत आग्रह गरेको छ । द डिप्लोम्याट वेबसाइटले जारी गरेको एक रिपोर्टमा यस्तो बताइएको हो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प यसै विषयलाई लिएर केहि महिना यता चीनलाई धम्की दिईरहेका छन् ।
अमेरिकाले एक महिना अगाडि ने दक्षिण चीन सागरमा आफ्ना दुई लडाकू विमान यूएसएस निमिट्ज र रोनाल्ड रीगन तैनाथ गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्