Monday, March 8

दश जना पत्रकारलाई जे’लमा राख्न अनुमति

August 15, 2020 151

एजेन्सी, ३१ साउन । बेलारूसमा आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई अझै हिरा’सतमा राखिएको छ। उनीहरूलाई राष्ट्रिय शान्तिमा खलल पुर्‍याउने उद्देश्यले समाचारहरू सम्प्रेषण गरेको आरो’पमा अभियोजनकर्ताहरूले हिरा’सतमा राखी छान’विन गर्न अनु’मति दिएका छन्।

बेलारूसकोे पत्रकार महासङ्घ (बीएजे) का उपप्रमुख बोरिस गोरेत्स्कीका अनुसार आन्दोलनलाई मलजल गर्ने समाचार दिएको भन्दै उनीहरूलाई विभिन्न समयमा पक्रा’उ गरिएको हो। उनले भने, “हाम्रा दश सहकर्मी अझै पनि बेलारूसका विभिन्न क्षेत्रहरुमा हिरा’सतमा रहेका छन्। बेलारूसमा विपक्षीहरूको आन्दो’लनले व्यापक रूप लिँदै गइरहेका समय पत्रकारहरूले आन्दोलनलाई मलजल दिने खालका सा’मग्री सम्प्रेषण गरेको आ’रोप लगाउँदै उनीहरूलाई केही दिन पहिले प’क्राउ गरिएको हो।”

गोरेत्स्कीले समाचार सङ्कलन तथा सम्प्रेषण गरेकै आ’रोपमा पक्रा’उ गरी हिरासतमा राखिएका सहकर्मीहरूलाई नि’शर्त रि’हा गर्न सूचना तथा सञ्चार, गृह तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सम्मिलित एक बैठकमा माग गरेका छन्। समाचार लेखेकै आधारमा पत्रकारलाई जेलमा राख्न नपा’इने भन्दै उनले यस क’दमको क’डा वि’रोध पनि गरेका छन्।

प्रतिकृया दिनुहोस्