Tuesday, January 26

शनिदेवलाई खुसी पार्न के के नखाने ?

August 15, 2020 231

शनिवार पात्रो अनुसार हप्ताको सातौं दिन पर्छ । यसको नामाकरण शनिग्रहको रूप मानिने शनि देवताको नामबाट गरिएको हो । हिन्दु धर्मको किवदंती अनुसार शनिबारकी माता कालीमाता हुन् । अझ शनिदेवलाई न्यायको देवता मानिन्छ । धर्मशास्त्र अनुसार, यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिबारको दिन भोजन गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । के छ त शनिवारको विशेषता ?

शनिवार दूध अथवा दही सेवन गर्दै हुनुहुन्छ भने खाली दुध अथवा दहीमात्र सेवन नगर्नुहोस् । त्यसमा थोरै गुड अथवा चिनि मिसाएर खानुहोला । धर्मशास्त्र अनुसार, शनि देवलेसादा दूध र दही फिटिक्कै मन पराउँदैनन् ।रातो खुर्सानी पनि शनिदेवलाई मन पर्दैन त्यसैले शनिवारको दिन रातो खुर्सानी प्रयोग नगर्नुहोस् ।

शनिवारको मुसुरोको दाल खानबाट पनि बच्नुहोस् । शनिवारको दिन आँपको अचार खाने त के सम्झदा पनि नसम्झनुहोस् । किनकी आँपको सेवन शनिदेवलाई मन पर्दैन ।

त्यसैगरी कसैलाई पनि शनिदेवको दृ’ष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको द’शाले पनि अ’शुभ हुन्छ । यसको दो’ष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ ।

ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ। शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन् । जसले क’डा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ उसको सम्मान गर्नुपर्दछ ।

शान्त रहन हरेक शनिबार तेल दान गर्नु पर्छ। हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ । शनिबार कालो तिल दान गर्नुहोस्।

छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेल को दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ ।

प्रतिकृया दिनुहोस्