काठमाडौँ – नौ दिनपछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफल सरकारात्मक भएको दा’बी गरिएको छ । प्रधानमन्त्री निवास बालुवटारमा दुई अध्यक्ष र नेताहरु विष्णु पौडेल, शंखर पोखरेल तथा जनार्दन शर्माबीच भएको छलफल सकारा’त्मक भएको बालुवाटार स्रोतको दाबी छ। अध्यक्षद्धयको छलफलले शुक्रबार पनि निरन्तता पाउने बताइएको छ । गएको हप्ताको मंगलबार ९साउन २० गते प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच ९ दिनपछि बिहीबार पुनः संवाद शृङ्खला सुरु भएको हो ।
साउन २० गतेको भेटमा ठोस सहमति नभए पनि भोलिपल्ट भेट्ने गरी छुट्टिएका ओली र प्रचण्डबिच यो बिचमा टेलिफोनमा समेत संवाद हुन सकेको थिएन । प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पत्रकार भेला गरेर ओलीवि’रुद्ध खनिएपछि साउन २१ गते हुने भनिएको छलफल भाँडिएको थियो ।
ओलीसँगको छलफलपछि दाहाल नेपाल पक्षले बिहीबार पनि छलफल गरेका छन् । पार्टी अध्यक्ष दुवै जना हुने गरी र प्रधानमन्त्री ओली कायम हुन गरी महाधिवेशन आयोजक संयोजक बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ । तर प्रचण्डले दुवै अध्यक्षले राजीनामा दिएर आफूलाई महाधिवेशन आयोजक संयोजक तोकिनुपर्ने सर्त राखेको प्रचण्ड निकट एक नेताले बताए । प्रधानमन्त्री र सरकारका विषयमा दोस्रो चरणमा प्याकेजमा सहमति गर्नुपर्ने उनले माग राखेको बताइएको छ ।
प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।
प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।
प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।
प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।
प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।
प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।
यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।
प्रतिकृया दिनुहोस्