Wednesday, March 3

अस्पतालको इमर्जेन्सी कक्ष सि’ल

August 14, 2020 108

काठमाडौ । भरतपुर अस्पतालको आकस्मि’क कक्ष ब’न्द (सि’ल) गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई को’रोना स’ङ्क्र’मण पुष्टि भए पछि आकस्मिक कक्ष सि’ल गरिएको हो ।

अस्पतालद्वारा जारी सूचनामा अर्को जानकारी नगराइएसम्मका लागि अस्पतालको आकस्मिक कक्ष सि’ल गरिएको जनाइएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा अस्पतालको सोही कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरो’ना स’ङ्क्रमण पुष्टि भएको थियो । नर्समा स’ङ्क्र’मण देखिएपछि सो कक्ष सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “इमर्जेन्सीमा कार्यरत नर्समा स’ङ्क्रमण देखिएकाले त्यहाँ रहेका बिरा’मीलाई अन्यत्र सारेका छौँ, इमर्जेन्सी कक्ष सि’ल गरेका छौँ ।”

भरतपुरको प्रयोगशालामा बिहीबार परीक्षण गरिएकामध्ये १६ जनामा को’रोना स’ङ्क्रम’ण पुष्टि भएको थियो । तीमध्ये १५ जनाको स्वाब भरतपुर अस्पतालबाट र एक जनाको पुरानो मेडिकल कलेजबाट लिइएको हो । स’ङ्क्रम’ण पुष्टि हुनेमा प्रहरीका थु’नुवा, एक होटलका कर्मचारी, अस्पतालमा शल्यक्रिया गर्न तयारी गरिएका बिरा’मीलगायत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्