Tuesday, March 2

वैज्ञानिकहरुले दिए खुशीको खबर ! को’रोनालाई नाकमा नै रोक्ने इन्हेलर बनेको दा’बी

August 14, 2020 201

अमेरिकी वैज्ञानिकहरुले यस्तो इन्हेलर बनाएका छन्, जसले को’रोना रोक्नमा पीपीईभन्दा बढी सुरक्षा दिनेछ । यो दाबी क्यालिफोर्निया विश्वविद्यालयकका शोधकर्ताहरुले आफ्नो अध्ययनमा गरेका छन् । यो इन्हेलरलाई ‘एरोन्याब्स’ नाम दिइएको छ जसलाई प्रयोग गर्न नाकमा स्प्रे गर्नुपर्नेछ । यो इन्हेलरमा विशेष प्रकारको न्यानोबडी रहेको छ जुन एन्टीबडीबाट तयार गरिएको हो ।

यो एन्टीबडी लामा र ऊँट जस्ता जनावरमा पाइन्छ जसले शरीरलाई प्रतिरोधात्मक क्षमता दिन्छ । इन्हेलरमा रहेको न्यानोबडीलाई ल्याबमा तयार गरिएको हो । यो जेनेटिकल्ली मोडिफाइड गरेर को’रोनालाई रोक्नका लागि विकसित गरिएको हो ।

ल्याबमा गरिएको प्रयोगका दौरान को’रोनाको सं’क्रमण शरीरमा फैलिनबाट रोक्न एन्टीबडीले काम गर्ने देखियो । एन्टीबडीजस्तै न्यानोबडी पनि प्रोटिनबाट बनेको हुन्छ । यो एन्टीबडीको सुक्ष्मरुप हो र यो अधिक संख्यामा बनाउन सकिन्छ । न्यानोबडीको खोज सन् १९८० मा बेल्जियमको ल्याबमा गरिएको थियो ।

शोधकर्ताका अनुसार जब को’रोना सं’क्रमण फैलिनका लागि आफ्नो स्पाइक प्रोटिन मानिसको एसीईटू रिसेप्टरमा जोड्छ, यो न्यानोबडीले त्यहीँ प्रोटिनलाई रोक्नछ । यसरी भाइरस एसीईटू रिसेप्टरसँग जोडिन पाउँदैन र सं’क्रमण हुँदैन । एसीइटू रिसेप्टर मानिसको कोशिकाको सतहमा पाइन्छ, यो कोरोना संक्रमणको इन्ट्री प्वाइन्ट हो ।

शोधकर्ता पीटर वाल्टरका अनुसार जबसम्म खोप बन्दैन, त्यतिबेलासम्म एरोन्याब्स भाइरसबाट बच्ने सुरक्षित विकल्प हुनसक्छ । सार्स म’हामारीको दौरान पनि को’रोनाभा’इरसलाई निश्क्रिय गर्न न्यानोबडी तयार गरिएको थियो । शोधकर्ता आशिष मांगलिका अनुसार शोधकर्ताले प्रयोगशालामा २१ न्यानोबडी विकास गरेका छन् जुन को’रोनावि’रुद्ध काम गर्न सक्छ ।

शोधकर्ताहरुले यो नाकको स्प्रेलाई आम मानिससम्म पुर्याउन उत्पादक कम्पनीसँग करार गर्दैछ । चाँडै यसको मानिसमाथिको परीक्षण सुरु हुने विश्वास गरिएको छ । यदी यसले आशाअनुरुप शतप्रतिशत काम गरे यो महामारीलाई रोक्न निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

मास्क लगाउने तरिका र ध्यान दिनुपर्ने कुरा

बजारमा जति नै हल्ला फैलिए पनि मास्कको रङ्गीन भागलाई बाहिर पारेर लगाउनुपर्छ ।यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ ।मास्कको एउटा भागमा अलि क’डा डण्डीजस्तो हुन्छ त्यसलाई नाकमा मिलाएर कसिलो गरी लगाउनुपर्छ ।मास्क खुकुलो छ र छेउबाट हावा छिरेको छ भने त्यसले काम गर्दैैन ।मास्कको सादा भागलाई जहिले पनि भित्र पार्नुपर्छ ।अर्काे महत्वपूर्ण कुरा भनेको मास्क लगाए पनि ‘ह्याण्ड हाइजिन’ भनिन्छ,यसको व्यवस्थापन गर्न जान्नुपर्छ ।कुनै बि’रामीलाई छोएपछि, कसैसँग हात मिलाएपछि वा घरबाहिर निस्केर फर्किएपछि साबुन पानीले हात धुनुपर्छ ।

लगाउने समय

‘युज एण्ड थ्रोे नाम दिएको डिस्पोजेबल मास्क भएकोले यसलाई एक पटक प्रयोग गरेपछि फाल्नुपर्छ ।यसलाई धोएर, सुकाएर र उल्टो फेरेर लगाउनु हुँदैन ।एन नाइन्टिफाइभ मास्कमध्ये कुनै कुनै धुन मिल्ने खालको हुन्छ ।साधारणतया मेडिकल मास्क चारदेखि ६ घण्टासम्म लगाउन सकिन्छ ।तर बिरामी भेटेर निस्किएपछि फाल्नुपर्छ ।तर एन नाइन्टिफाइभ मास्क लामो समयसम्म लगाउन मिल्छ ।तर एकदमै कसिलो बनाएर लगाउनपर्ने भएकोले लामो समय लगाएर बस्न सकिन्न ।यो मास्क दम र श्वासप्रश्वासको बि’रामीले भने लगाएर बस्नै सक्दैन ।

मेडिकल मास्क र एन नाइन्टिफाइभ मास्कबीचका भिन्नता

गुणस्तरमा नै फरक हुन्छ ।एन नाइन्टि फाइभ मास्कले नाम अनुसार नै काम गर्छ । ९५ प्रतिशत कि’टाणु रोक्ने भएकोले एन नाइन्टिफाइभ भनिएको हो । सय प्रतिशत काम गर्ने मास्क उत्पादन भएको छैन ।यदि सही तरिकाले प्रयोग ग¥यो भने साधारण मास्कले ७० प्रतिशतसम्म स’ङ्क्रमण रोक्न सक्छ ।बजार मूल्य पनि फरक छ । साधारण मेडिकल मास्क ५ रुपैयाँमा किन्न सकिन्छ भने एन नाइन्टिफाइभ मास्कको ८० देखि एक हजार रुपैयाँसम्म पर्छ । यसको मूल्य पनि गुणस्तरअनुसार हुन्छ ।

प्रतिकृया दिनुहोस्