Monday, January 25

OMG<<काठमाण्डौं उपत्यकामा एकै दिन थपिए १२७ जनालाई कोरोना संक्रमण, बजार क्षेत्रमा भिडभाड कायमै

August 13, 2020 169

काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरका ११ र भक्तपुरका ५ जना गरी १२७ जना संक्रमित थपिएका छन् ।

नेपालमा विहीबार थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ थियो ।सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ ।पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ८३७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ७२८ थियो ।मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ।

प्रतिकृया दिनुहोस्