Friday, January 15

OMG<<कैलालीमा प्रहरीको हिरासतमै घाटी रेटिएको अवस्थामा मृत भेटिएसँगै प्रहरी चौकीमा तनाव, स्थानीय द्वारा नारावाजी

August 13, 2020 508

 जोशी/धनगढी,साउन-२९ ।

धनगढी उपमहनगरपालिका–१९ मा रहेका बौलिया प्रहरी चौकी लाई स्थानीयहरुले घेराउ गरेका छन् । बुधबार प्रहरी हिरासतको शौचालयमा एक जना घाटी रेटिएको अवस्थामा मृत फेला भएको घटनालाई लिएर अहिले स्थानीयहरुले विरोध गरीरहेका छन् ।


घट्नामा प्रहरीको लापरवाही भएको भन्दै आक्रोसित स्थानीयहरुले ईलाका प्रहरी कार्यालयमा पुगेर सत्यतथ्य छानविनको माग गरेका छन् । स्थानीय अमृत बोहराका अनुसार दोषीलाई कार्यवाही माग गदै प्रहरी चौकीमा नारावाजी भईरहेका छ । प्रहरी चौकीमा बाक्लो रुपमा सुरक्षा तयनाथ गरिएको छ ।
बुधवार दिउँसो पौने एकबजेतिर प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीका ४५ वर्षीय अमरबहादुर चन्द घाँटी रेटिएको अवस्थामा मृत फेला फेला परेका थिए । चन्दका परिवारले घाटी रेटिएको अवस्थामा भेटिएको भन्दै प्रहरीको भूमिकामाथि आशंका गरेका छन् ।


घटनाको अनुसन्धान गर्न प्रहरी उपरीक्षकको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । सुप सशस्त्र प्रहरी गणका प्रहरी उपरिक्षक (एसपी) राजिप बस्नेतको संयोजकत्वमा घटनाको अनुसन्धान गर्न छानविन समिति गठन गरिएको हो ।

प्रतिकृया दिनुहोस्