August 13, 2020 208
काठमाण्डौ – भारतमा कोरोना सङ्क्रमित र ज्यान जानेको संख्या दैनिक रेकर्ड बन्न थालेको छ । भारतमा एकैदिन ६७ हजारमा कोरोना पुष्टि भएको छ । ९ सय ४२ जनाको ज्यान गएको छ ।
यस्तै कोरोनाका कारण ४७ हजारभन्दा धेरैको ज्यान गएको छ । नयाँ बिरामी र ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै हो ।
भारतमा अहिलेसम्म १६ लाख ९५ हजारभन्दा धेरै निको भएका र ६ लाख ५३ हजारको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्