Thursday, January 21

नेपाली बजारमा हिजो सम्म ६ हजारले घटेको सुनको मूल्य फेरी ह्वात्तै बढ्यो

August 13, 2020 311

नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । बुधबारसम्म घटिरहेको सुनको मूल्य आज फेरि तोलामा २ हजार ४ सय रुपैयाले बढेको हो ।

बुधबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ हजार ४ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँमा पुगेको छ ।

प्रतिकृया दिनुहोस्