Monday, January 18

OMG<<उपत्यकामा आज पनि को'रोनाले बनायो नयाँ रेकर्ड, सबैभन्दा धेरै काठमाडौमै संक्र'मित

August 12, 2020 127

काठमाडौं । काठमाडौं उपत्यकामा आज पनि कोरो’ना संक्र’मितको संख्याले नयाँ रेकर्ड बनाएको छ । उपत्यकामा थप १३९ जनामा को’रोना पुष्टि भएको छ । जसमध्य सबैभन्दा धेरै काठमाडौकै छन् ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९, ललितपुरका २१ र भक्तपुरमा ९ जना गरी १३९ जना संक्र’मित थपिएका छन् ।को’रोना संक्र’मितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

नेपालमा बुधबार थप ४८४ जनामा को’रोना भाइ’रस पुष्टि भएकोमा यति धेरै काठमाडौ उपत्यकामै थपिएका हुन् । यो सँगै कोरो’ना संक्र’मितको संख्या २४ हजार ४३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा को’रोना संक्र’मितको संख्या २३ हजार ९४८ थियो ।

पछिल्लो २४ घण्टामा थप ६४ जना को’रोना मु’क्त भएका छन् । योसँगै नेपालमा कोरो’ना भएर निको हुनेको संख्या हालसम्म १६ हजार ७२८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट को’रोना मु’क्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा को’रोना मुक्त हुनेको संख्या १६ हजार ६६४ थियो ।

मन्त्रालयका अनुसार मंगलबारसम्म को’रोनाका कारण ज्यान गुमाउनेको संख्या ८३ पुगेको थियो । आज थप ८ जनाको नि’धन पुष्टि भएसँगै मन्त्रालयका अनुसार हालसम्म को’रोनाले ज्यान गुमा’उनेको संख्या ९१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्