August 12, 2020 140
काठमाडौं-गत २४ घण्टामा नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता जागेस्वर गौतमका अनुसार ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको गौतमले बताएका छन् । त्यस्तै गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना कोरोनालाई जितेर घर फर्केका छन् ।
प्रतिकृया दिनुहोस्