Wednesday, January 20

OMG<<अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

August 12, 2020 110

काठमाडौं २८ साउन । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ ।

गत अगस्ट ८ मा एक्कासी स्वास फेर्न गााह्रो भएपछि ६१ वर्षीय दत्तलाई मुम्बइको लीलावती अस्पताल लगिएको थियो । अस्पताल लगेपछि उनको उपचारको क्रममा उनलाई तेस्रो चरणको फोक्सोको क्यान्सर भएको पुष्टि भएको हो ।

उनका साथि कोमल नाथले दत्तलाई क्यान्सर भएको खुलाएपछि अहिले उनका शुभचिन्तकहरुले सीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोष्टहरु गरेका छन् । अहिले उनी उपचारको लागि अमेरिका प्रस्थान गरेका छन् , भने उनले आफ्ना शुभ चिन्तकलाई नडराउन समेत भनेका छन् ।

उनकी आमा र उनकी जेठी श्रीमती समेत क्यान्सरको सिकार भएका थिए ।

प्रतिकृया दिनुहोस्