Tuesday, January 26

प्रचण्ड निवासमा थप २ जनालाई को’रोना पुष्टि, प्रचण्डसहित परिवारका सदस्यहरु क्वारेन्टिनमा

August 12, 2020 126

काठमाडौं, २७ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरो’ना संक्र’मण पुष्टि भएको छ। संक्रमि’तहरुमा एक जना ड्राइभर र एक जना भान्से रहेको खुमलटार स्रोतले जानकारी दियो।

प्रचण्डकी छोरी गंगा दाहालको सवारी चलाउने ड्राइभर र सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका भान्सेमा मंगलबार को’रोना संक्र’मण पुष्टि भएको हो।

यसअघि प्रचण्डको बाहिरी सुरुक्षामा तैनाथ ६ सुरक्षाकर्मीमा को’रोना पुष्टि भएपछि अध्यक्ष प्रचण्डसहित परिवारका सदस्यहरु अहिले होम क्वारेन्टिनमा बसेका छन्।

प्रतिकृया दिनुहोस्