काठमाडौं / आज बुधबार नेपाली बजारमा अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५६ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ १८ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४ पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९४ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ २२ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ १४ पैसा तोकिएको छ ।
प्रतिकृया दिनुहोस्