Thursday, January 21

भुलेर पनि मार्न हुँदैन सर्प, नत्र यस्तो गम्भिर संकट पर्न सक्छ

August 12, 2020 482

काठमाडौं – हामिले बाटोमा सर्पदेखेमा लखेट्ना वा तर्किने गर्छौ । सर्पलाई देखेपछि धेरैले मार्ने पनि गर्छन् । सर्प मात्र होइन अन्य यस्ता जीवहरु पनि देखे लगत्तै मानिसहरुले मारिहाल्ने गर्छन् । तर हिन्दू धर्मशास्त्रमा कुनै पनि जीवको ज्यान लिनु पाप मानिन्छ ।

मानिसले कुनै जीवको ज्यान लिएमा उक्त पापको फल मानिसले एक दिन भोग्नु पर्ने धर्मशास्त्रमा बताइएको छ । यदि कुनै मानिसले सर्प मारेमा यसले फलको रुपमा कैयौं जन्ममा भोग्न पर्न सक्छ ।सर्प मार्ने बिषयमा ज्यातिषशास्त्रमा पनि भनिएको छकी सर्पलाई दुख दिने अथवा ज्यान लिने मानिस कहल्यै पापबाट छुटकारा पाउदैन ।

शास्त्रमा पनि यस्तो मानिस यो जन्ममा मात्र नभएर अर्को जन्ममा पनि कुण्डलीमा कालसर्प नामक योग बन्ने बताइएको छ।यस्ता योग भएकाले हरेक जन्ममा बिभिन्न समस्या झेलिरहेको हुन्छ । हामिले सपनामा सर्प देखेमा राम्रो र शुभ हुने विश्वास छ ।

प्रतिकृया दिनुहोस्