Sunday, January 24

डब्लुएचओले पहिलोपटक को’रोना अन्त्यबारे आशा जगाउने दियो यस्तो संकेत

August 12, 2020 155

काठमाडौ । को’रोना म’हामारीले मानव जाति पी’डित र भ’यभी’त भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिलोपटक आशा जगाउने कुरा गरेको छ । विश्वभर को’रोनाबाट झन्डै साढे ७ लाख मानिसको मृ’त्यु तथा दुई करोडभन्दा बढी सं’क्रमित भइसकेको भए पनि डब्लुएचओले यो महामारी अन्त्य हुने आशा अझै बाँकी रहेको जनाएको हो ।

डब्लुएचओले विश्वलाई पी’डित बनाइरहेको को’रोना म’हामारी अन्त्यका लागि क’डा कदम उठाउन अझै ढिला भइनसकेको बताएको छ । यसका प्रमुख डा। टेड्रोस एडहनम गिब्रेयससले एक पत्रकार सम्मेलनमा भने, ‘म स्पष्ट भन्न चाहन्छु कि अझै आशाको किरण बाँकी छ । यस म’हामारीको अन्त्य गर्न अझै ढिला भइसकेको छैन ।’

तर यस विषयमा उनले यसभन्दा बढी केही बताएका छैनन्। खोपको सबैमा पहुँच सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पु¥याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भन्नुभयो, “यो धेरै पैसा जस्तो लाग्छ र यो हो पनि ।

”स्वास्थ्यका लागि प्रयोग हुने उक्त रकम जी–२० देशले को’रोना ‘भाइरस म’हामारीबाट थला परेको अर्थतन्त्रलाई उकास्न वित्तीय प्रोत्साहनका लागि लगानी गरिसकेको १० ट्रिलियन डलरको तुलनामा यो निकै सानो भएको तर्क उहाँले गर्नुभयो । कोरोना नियन्त्रण नभएमा अहिलेको स्वास्थ्य तथा आर्थिक स’ङ्कट थप भ’यावह हुने भन्दै विश्वले सम्भावित जिम्मेवारीका लागि अग्रसरता देखाउनुपर्नेमा उहाँले जोड दिनुभयोे ।

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आउँदो तीन महिनामा ‘एसीटी–एक्सेलेटर’को कामको मापन गर्ने महत्वपूर्ण समय हुनेछ ।” खोप विकास, उत्पादन र कोभिड–१९ परीक्षण, उपचार र खोपको समान पहुँचको गतिलाई अघि बढाउन डब्ल्यूएचओको अगुवाईमा ‘एसीटी–एक्सेलेटर’ ९विश्वव्यापी सहकार्य० आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यद्यपि यसलाई सफल पार्न हामीले सहकार्यलाई महत्व दिँदै नयाँ उपकरणको प्रयोगलाई प्राथमिकता दिने मापदण्डको आधार बनाउनुपर्छ ।” डब्ल्यूएचओ प्रमुखका अनुसार ‘एसीटी–एक्सेलेरेटर’का लागि महत्वाकांक्षा र प्रतिबद्धता गरिएको रकमको मात्रा बीच ठूलो अन्तर रहेको छ ।

प्रतिकृया दिनुहोस्