Thursday, March 4

छोटो दूरीको गाडी चल्छ, लामो भदौ मसान्तपछि मात्रै- यातायातमन्त्री नेम्वाङ

August 11, 2020 120
भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले लामो दूरीको यातायात भदौ मसान्तपछि मात्रै सञ्चालन हुने बताएका छन्।

सेतोपाटीसँग कुराकानी गर्दै मन्त्री नेम्वाङले अहिले चलिरहेका छोटो दूरीका सवारी साधनहरु भने सञ्चालन भइरहने बताए।’काठमाडौंमा सार्वजनिक सवारी साधनहरु अहिले जसरी नै चल्छन्। हामीले १ गतेदेखि मध्यम दूरी र लामो दूरी भनेको यातायात सेवा भने भदौ मसान्तसम्म पुर्‍याइएको छ।’

उनले भने, ‘स्थिति जटिल बन्दै गएको छ। हामी सबै सचेत हुन जरुरी छ।’ उनले काठमाडौंमा जोर विजोर प्रणाली पनि कायमै रहेको बताए।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई सेवा र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालन नहुने निर्णय गरेको थियो।यसअघि सरकारले भदौ १ गतेदेखि लामो दूरीको सवारी साधन र हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको थियो।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)ले भदौ १५ या १६ गतेदेखि हवाई सेवा र लामो दूरीको यातायात सञ्चालन गर्न सिफारिस गरेको थियो।

प्रतिकृया दिनुहोस्