Saturday, January 23

मोवाईल पड्किँदा आमा र दुई छोराको मृ-त्यु

August 11, 2020 130

काठमाडौं । भारतको तमिल्नाडुमा चार्जमा राखेको मोवाइल पड्किँदा तीन जनाको मृ’-त्यु भएको छ । मृ’-त्यु हुनेमा आमा र दुई छोरा रहेका छन् ।

२९ वर्षीया मथुलक्ष्मी मोवाइलमा राखेर फोनमा कुरा गरिरहेकी थिइन् । कल काटेपछि मोवाइल ब्लास्ट भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

मोवाइल ब्लस्ट भएपछि आगो निस्किएको र आगोकै कारण उनी सहित उनका ३ वर्षीय छोरा रणजीत र २ वर्षीय छोरा दक्षितको मृ-त्यु भएको हो ।

गम्भीर रुपमा घाइते भएको उनीहरुलाई अस्पताल लगिएपनि अस्पतालले मृ-त घोषित गरेको बताइएको छ ।

मृ-तकका पति बालकृष्णसँगउनको ६ वर्ष पहिला विवाह भएको थियो । उनीहरुको ऋण बढ्दै गएपछि बालकृष्णले परिवारलाई छोडिदिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्