Thursday, January 21

२४ घण्टा नहुँदै नेपालले झुकायो भारतलाई, लियो आफ्नो बोलि फिर्ता

August 10, 2020 283

काठमाण्डौ । भारतले गौतम बुद्ध जन्मभूमि नेपाल नै भएको बताएको छ । यसअघि भारतीय विदेश मन्त्री एस। जयशङ्करले गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै विवादास्पद टिप्पणी गरे पछि त्यसको विरोध भएको थियो । उनले यसरी टिप्पणी गरेको २४ घण्टा नबित्दै विदेश मन्त्रालयले बुद्ध नेपालमै जन्मिएका हुन् भन्दै प्रष्ट पारेको छ । विदेश मन्त्रीको विवादास्पद टिप्पणी आएपछि

नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्दै बुद्ध नेपालमै जन्मिएको, यो विवादरहित, इतिहास र पुरातात्विक तथ्यमा आधारित भन्दै खण्डन गरेको थियो । नेपालको प्रतिक्रिया आइसकेपछि भारतको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति निकाल्दै विदेश मन्त्री जयशङ्करको विवादास्पद टिप्पणी सच्याएको हो । गौतम बुद्ध नेपालमा जन्मिएको बारे कुनै शङ्का छैन’, भारतको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।

नेकपाका नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्रीले गौतम बुद्धबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध भारतमा जन्मिएको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि नेपालका धेरै नेताहरुले विरोध जनाएका थिए हुन् । यसै क्रममा नेता नेपालले सामाजिक सञ्जालमा लेख्दै असंवेदनशील र तथ्यहीन भन्दै आपत्तिजनक भएको बताए ।

बुद्धको जन्मस्थल विवाद र बहसको विषय बन्न सक्दैन : सरकार

सरकारले गाैतम बुद्ध र उहाँको जन्मस्थल विवाद र बहसको विषय बन्न नसक्ने बताएको छ । बुद्धका सम्बन्धमा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करको हालैको एक अभिव्यक्तिका सम्बन्धमा नेपाल सरकारको धारणाबारे राससले राखेको जिज्ञासाका जवाफमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने, “नेपालको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको वास्तविकता ऐतिहासिक एवं पुरातात्विक प्रमाणले पूर्णरुपमा प्रमाणित भएको यथार्थ हो, गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्धधर्मको उद्गमस्थल हो जुन संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन (युनेस्को) विश्वसम्पदास्थल हो ।”

सन् २०१४ मा नेपाल भ्रमणका बेला व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले “विश्वशान्तिका प्रचारक बुद्धको जन्मस्थल देश नेपाल हो” भन्नुभएको तथ्य प्रवक्ता पौड्यालले स्मरण गराए । “बुद्धधर्म नेपालबाट विश्वका अन्य भागमा पछि फैलिएको सत्य हो, यो यथार्थ शङ्का र विवादको विषय बन्न सक्दैन न त बहसको विषय नै । यो वास्तविकताबाट अन्तरराष्ट्रिय समुदाय परिचित छ”, परराष्ट्र प्रवक्ता पौड्यालले थपे ।

प्रतिकृया दिनुहोस्