Friday, January 15

एउटी महिलाको जि’द्दीको अगाडि हार्‍’यो चीनको सरकार ! देखियो अनौठो दृश्य [ तस्बिर सहित ]

August 10, 2020 85

काठमाडौं। चीनको गुआंगडोंग प्रान्तकी एक महिलाको जिद्दीको अगाडि चीनको सरकार हा’रेपछि अहिले त्यहाँ निकै अनौठो दृश्य देख्न पाइन्छ । प्रान्तमा एउटा फास्ट लेन राजमार्ग छ जसको बीचमा एउटा घर छ जुन घर देख्दा मानिसहरु चकित पर्छन् । यो घरकी मालिक एक महिला हुन् जसले राजमार्गमा तीब्र गतिमा गुडिरहेका गाडीहरुको ठिक बीचमा रहेर आफ्नो जीवन बिताइरहेकी छिन्।


द सनको रिपोर्टअनुसार ती महिलाको घर यहाँ राजमार्गको निर्माण हुनुभन्दा पहिलेदेखि नै थियो । सरकारले राजमार्ग निर्माण गर्ने क्रममा उनको घर हटाउन चाह्यो तर महिलाले मानिन् । सरकारले ती महिलालाई त्यहाँबाट हटाउन निरन्तर १० वर्षसम्म प्रयास गर्यो तर ती महिला आफ्नो अडानबाट पटक्कै पछि हटिनन् । अन्ततः १० वर्षको प्रयासपछि सरकारले हार मान्यो । महिलाले त्या ठाउँ छाड्दै नछाड्ने र त्यहीँ बस्ने अडान लिएपछि सरकारले महिलाको घर नहटाइ राजमार्ग निर्माण गर्ने विकल्प रोज्यो।

सरकारले घरको चारैतिर राजमार्गको पुल निर्माण गर्यो र घरलाई त्यहीँ रहन दियो । अहिले महिला गाडीहरुको बीचमा आफ्नो जीवन बिताइरहेकी छिन् । महिलाले राजमार्ग बन्नुभन्दा अगाडि १० वर्षसम्म घर बेच्न अस्वीकार गरिरहिन् । सरकारले उनलाई दिन चाहेको मुआब्जा लिन पनि अस्वीकार गरिरहिन् । उनको यो १ तले घर ४० वर्गमिटरको छ । ग्वांडोंग टिभी स्टेशनका अनुसार यो घर ४ लेन ट्राफिक लिंकको बीचमा एक खाल्डोमा छ।


यो घरकी मालिक महिलाको नाम लिआंग हो । रिपोर्टअनुसार सरकारले उनलाई यहाँबाट हटाएर कुनै आदर्श स्थानमा राख्न नसकेकोले यी महिला यहाँबाट हट्न अस्वीकार गरेकी हुन् । उनले भनिन् ‘तपाइँलाई लाग्न सक्छ यहाँको माहोल खराब छ तर मलाई लाग्छ कि यो शान्त, मुक्त, सुखद र आरामदायक छ ।’ उनका अनुसार उनी आउने परिणामसँग जुध्नको लागि खुसी थिइन् र अरुले आफ्नो बारेमा के सोच्छन् भन्ने चासो दिँदैनथिन्।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

प्रतिकृया दिनुहोस्