काठमाडौं,२६ साउन । को’रोना नियन्त्रणका लागि जारी गरिएको लकडा’उन अवधि र पछि अनुम’तिविना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधनलाई ट्राफिक प्रहरीले फिर्ता पठाइएको छ । साथै, त्यसमा सवार १९ हजार ४ सय यात्रुलाई पनि फिर्ता पठाएको प्रहरीले जनाएको छ।
तोकिएको निर्देशन विपरित हालसम्म सवारी चलाउने करिव १ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई होल्ड गरिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।
संक्र’मण नियन्त्रणका लागि सरकारद्वारा जारी विभिन्न मितिका आदेश, निर्देशन तथा निर्णयहरूको प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड पालना गराउन थप कडा’इ गरिएको प्रहरीले जनाएको छ।
यो पनि:‘सु’पारी’ दिएर एक दम्पत्तिको ह’त्या गर्न लगाएको खुला’सा
दश दिन अगाडि कञ्चनपुरको बेलौरीमा एक दम्पत्तिको ह’त्यामा छिमेकीकै संलग्नता रहेको खुलेको छ । गत शुक्रबार (साउन १६ गते) राति बेलौरी नगरपालिका–७ भगतपुरमा ६३ वर्षीय घनश्याम खाती र उनकी ५५ वर्षीया श्रीमती बेलुदेवी खातीमाथि धारि’लो हति’यार प्र’हार भएको थियो ।
बेलु शनिबार बिहान मृ’त फेला परेकी थिइन् भने ग’म्भीर घा’इते भएका घनश्यामको उपचारका क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा मृ’त्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार खाती दम्पत्तिको ह’त्यामा छिमेकीसहित ४ जनाको संलग्नता खुलेको छ । प्रहरीका अनुसार छिमेकी प्रकाश ऐरले ४ लाख रुपैयाँ सुपारी दिएर खाती दम्पत्तिको ह’त्या गराएका थिए ।
प्रहरीका अनुसार पक्रा’उ परेका ऐरले खाती दम्पत्तिमा बो’क्सी रहेको भन्दै दु’र्व्यवहार गर्ने गर्थे । पछिल्लो समय विवाद बढेपछि उनले एकजना तन्त्र’मन्त्र जान्ने भनिएका थारु थरका व्यक्तिलाई ४ लाख रुपैयाँ दिएर उनको ह’त्या गराएका प्रहरीको भनाइ छ ।
प्रहरीका पक्रा’उ पर्नेमा प्रकाशसहित तन्त्र’मन्त्र जान्ने भनिएका थारु थरका व्यक्ति गरी ४ जना छन् । उनीहरुलाई सोमबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्