August 9, 2020 122
२५ साउन- भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको बताएका हुन् ।
भारतीय विदेशमन्त्री जयशंकरले भने- ‘हामीले महान भारतीय भनेर चिन्ने गौतम बुद्ध र महात्मा गान्धीलाई हो,’‘ यी दुईलाई विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।’
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका थिए । त्यसको नेपालमा तीव्र विरोध भएको थियो ।
नेपालमा जन्मिएका गौतम बुद्धलाई कतिपय भारतीयहरुले भारतमा जन्मिएको दाबी गर्दै आएका छन् । बुद्ध भारतमा जन्मिएको भनेर भारतले नक्कली कपिलवस्तुसमेत बनाएको छ ।
प्रतिकृया दिनुहोस्