एजेन्सी । बलिउडको चर्चित कलाकार तथा नायक अजय देवगनले आफ्ना पिता गुमाएको एक वर्ष भएको छ । बुधवार उनको वुवाको एक वर्षको पुण्य तिथी हो । विश्वका अधिकांश मुलुकमा जस्तै भारतमा पनि अहिले लकडाउन छ । जसका कारण सबै कलाकार अहिले घर भित्रै छन् ।
लकडाउनको पालना गर्दै बसेका छन् । कतिपयले यस्तो अवस्थामा आफन्त गुमाउँदा पनि भेट्न जान पाएका छैनन् । वलिउडमा आफ्नो नाम निकै चर्चीत कलाकारका रुपमा दर्ज गर्न सफल ब्यक्तिहुन्, विरू देवगन पनि । उनी बलिउड अभिनेता अजय देवगनका पिता हुन् । निकै चर्चीत निर्देशक विरुले एक वर्ष अगाडी यो संसार छोडे । २७ मे २०१९ मा ७७ बर्षको उमेरमा निधनभएका विरु देवगन चर्चित द्धन्द्ध निर्देशक थिए ।
बुधवार भएको वर्षीक पुण्डतिथीमा उनका छोरा अजयले स्मरण गरेका छन् । उनले आफ्नो पितालाई सम्झदै सामाजिक सञ्जालमा मार्मीक भावना अभिब्यक्त गरेका छन् । जसमा अजय देवगनले इन्स्टाग्राममा पिताबारे लेखेको एउटा म्यासेज भावुक थियो ।
जसमा धेरै प्रतिकृया आएका छन् पिताको स्मरणमा अजयले भावुक हुदैं लेखेका थिए, ‘प्यारे पिताजी, एक साल हो गया है आपको हमें छोड़कर गए हुए । लेकिन मैं आपको अपने आसपास महसूस कर सकता हूं । शांत, देखभाल करने वाला, सुरक्षात्मक आप हमेशा हमारे साथ मौजूद रहेंगे ।’ अजयले इन्स्टाग्राममा पिताका साथ केहि तस्वीरहरुको एक भिडियो पनि शेयर गरेका थिए ।
छोरा अजयलाई बलिउडमा प्रवेश गराउन उनले निकै मेहनत गरेका थिए । उनको फिल्मी करियरमा पनि विरु संधै साथमा रहे । त्यसैले सुख दुख दुवै पलमा अजय आफै पनि पिताका निकै निकट थिए । अजयको यस पोष्टमा उनका फ्यानले कमेन्टमा सान्त्वना दिइरहेका छन् ।
विरु देवगनले हिन्दि फिल्म रोटी कपडा और मकानबाट द्धन्द्ध निर्देशकका रुपमा काम शुरु गरेका थिए । त्यस अलवाउनले दर्जनौ फिल्ममा द्धन्द्ध निर्देशकको भुमिका निभाए । सन् १९९९ को फिल्म हिन्दुस्तानकी कसममा उनले निर्देशकका रुपमा समेत काम गरेका थिए ।
प्रतिकृया दिनुहोस्