Tuesday, January 26

BREAKING << अध्यक्ष प्रचण्ड दाहाल आइसोलेसन मा

August 9, 2020 422

काठमाडौँ। पछिल्ला दिनमा नेपालमा कोरोना महामा’री बढीरहेका बेला शीर्ष नेताहरु पनि थप सर्तक बन्न थालेका छन् । प्रदेशका सांसद, मन्त्री र सभामुखहरुमा कोरोना पुष्टि भएका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइसोलेसनमा बसेका छन्।

प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएसँगै प्रचण्ड आफ्नै निवासमा आइसोलेसनमा बसेका हुन् । प्रचण्डको पछिल्लो कोरोना रिर्पोट नेगेटिभ आएको भएता पनि उनले केही दिन बाहिर नहिँड्ने निर्णय गर्दै सावधानी अपउान भन्दै आँफुलाई आइसोलेसनमा राख्ने निर्णय गरेको बताइएको छ।

प्रतिकृया दिनुहोस्