अस्ट्रेलियाको मेलबर्नमा सुकुन्दा रेस्टुरेन्टले अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुलाई दैनिक निःशुल्क ग्रोसरीको सामग्री दिने योजना लिएर आएको छ । उक्त रेस्टुरेन्टले गत अप्रिलमा अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुलाई दैनिक निःशुल्क खाना दिने योजना लिएर आएको थियो। लाली गुराँस ग्रोसरी सगको सहकार्यमा योजना लिएर आइएको शितल श्रेष्ठले ओएस नेपाल सगको कुराकानीमा जानकारी दिनु भएको थियो। सामाजिक कार्यमा उत्तिकै जिम्मेवारी पूर्ण भूमिका खेल्दै आउनु भएका सुकुन्दा रेस्टुरेन्ट टिम प्रतिको कार्य समाजमा एक राम्रो उदाहरण बन्न सक्दछ।
बिश्व भरी भएको स्वास्थ्य समस्याले विश्व नै त्रसित रहेको अवस्थामा, अस्ट्रेलियामा अध्ययनरत बिद्यार्थीहरु उतिनै प्रभावित भएको छन। अस्ट्रेलियाको मेलबर्नमा हाल दैनिक कोरोना संक्रमण संख्या बढ्नुले आज लकडाउनको स्थितिमा रहेको छ जसले गर्दा ब्यापार र ब्यबसाय ठप्प छन , यसकारण धेरै जसो बिद्यार्थीहरुले जागीर गुमाउनु परेको पनि छ। यस्तो अबस्थामा भोकै न बसौ भन्दै सुकुन्दा रेस्टुरेन्टले अन्तराष्ट्रीय नेपाली बिद्यार्थीहरुलाई तत्काल सम्पर्क गर्न पुन: आग्रह गरेको छ। थप जानकारीको लागि तल दिइएको नम्बरमा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ।साथै शितल श्रेष्ठ लाई ०४०१०३७५१६ मा सम्पर्क गरी छिटो भन्दा छिटो दैनिक ग्रोसरी सामग्री लिन पनि सकिनेछ।
प्रतिकृया दिनुहोस्