पोखरा, २५ साउन । राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार क’मजोर भए पनि, प्रशंसनीय कुरा— को’रोना सं’क्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ। शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर सं’क्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्। सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ। ठूला देश भारतमा ६८.४३ र अमेरिकामा ५१.३ प्रतिशतले को’रोना जितेका छन्। जब कि नेपालमा ७२.२ प्रतिशत निको भएर घर फर्किइसकेका छन्।
कुनै न कुनै स्वास्थ्य स’मस्या भएका र पहिलादेखि नै औषधि सेवन गरिरहेका व्यक्तिको मात्र को’रोना सं’क्रमणपछि ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन्। ‘रोग प्रतिरोधात्मक क्षमता अति न्यून भएकाको मात्र को’रोनाका कारण ज्यान जाने सम्भावना देखिएको छ’, डा. राजभण्डारीले भने।
मुलुकमा को’रोना सं’क्रमण ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य छ। सं’क्रमण मुक्त भई पछिल्लो २४ घण्टामा डिस्चार्ज हुने ४ सय ९९ जना छन्। यहाँसम्म आइपुग्दा सं’क्रमितभन्दा डिस्चार्ज हुनेको संख्या बढी भइसकेको छ।
प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ९ सय ४२ छ। प्रदेश २ बाट तीन हजार ३ सय २६ र बाग्मती प्रदेशबाट ६ सय। यसैगरी गण्डकी १ हजार ४ सय ४१ र प्रदेश ५ बाट चार हजार १ सय ७९ डिस्चार्ज छन्। कर्णाली प्रदेशमा १ हजार ८ सय ७ र सुदूरपश्चिममा ३ हजार ९ सय ३८ जना डिस्चार्ज भएका छन्।
खानपानमा विशेष सावधानी अपनाई पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खाना खाने गर्नुपर्छ। आफूले प्रयोग गरेका भाँडा सुरक्षित रूपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्र पुनः प्रयोग गर्ने गर्नुपर्छ। स्नानघर र शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
प्रतिकृया दिनुहोस्