Sunday, January 24

पहिलोपटक काठमाण्डौ उपत्यकामा कोरोनाको नयाँ रेकड, बढ्यो खतरा

August 7, 2020 159

काठमाण्डौ – शुक्रबार उपत्यकामा थप १०६ जना को रोना सं क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा मात्रै १०६ जना को रोना सं क्रमित थपिएसँगै उपत्यकामा को रोना सं क्रमितको संख्या ९८२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भेटिएका सं क्रमितमध्ये काठमाडौंका ९२जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा को रोना सं क्रमण देखिएको हो।

यससँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा मात्रै को रोना सं क्रमितको संख्या ७६६ जना पुगेको छ। त्यस्तै ललितपुरमा १३४ जना र भक्तपुरमा ८२ जना पुगेको छ। भेटिएका सं क्रमितहरू राष्ट्रिय प्रयोगशाला टेकु, शुक्रराज ट्रपिकल हस्पिटल टेकु, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, स्टार अस्पताल ललितपुर, शिक्षण अस्ताल महाराजगञ्ज, पाटन अस्पताल र कोरिया नेपाल मैत्री अस्पताल भक्तपुरमा भेटिएका हुन्।

बन्दाबन्दी खुकुलो भएसँगै काठमाडौं उपत्यकामा को रोना सं क्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ। सरकारले को रोना सं क्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा क डाइ गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ। बिहीबार बिहानदेखि लागू हुनेगरी सवारी साधनमा जोर बिजोर र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द गरेको छ।

प्रतिकृया दिनुहोस्