Friday, January 22

मानिसकाे पसिना सुँघेर कुकुरले को’रोना सं’क्रमण चाडै पत्ता लगाउने यस्तो कला

August 7, 2020 110

बीबीसी। चिलीमा कुकुरलाई पसिना सुँघेर को’रोना सं’क्रमित व्यक्ति पत्ता लगाउने तालिम दिन सुरु गरिएको छ।चिलीका प्रहरी अधिकारीले स्निफर जातका कुकुरलाई त्यस्तो तालिम दिन सुरु गरेका हुन्। यसअघि यस्तो तालिम बेलायतमा पनि सञ्चालन गरिएको थियो, जसको नतिजा प्रभावकारी देखिएको थियोा।

समाचार एजेन्सी रोयटर्सका अनुसार सुरुको तालिममा चारवटा स्निफर जातका कुकुर छानिएको छ भने त्यसमा लेब्राडोर र गोल्डे रिट्रिवर जातका कुकुरलाई पनि समावेश गराइएको छ।

चिलीको राजधानी सेन्टियागोमा ती कुकुरका लागि विशेष प्रशिक्षण सञ्चालन भइरहेको छ।स्निफर कुकुर वि’स्फोटक पदार्थ, संदिग्ध व्यक्ति पहिचानका लागि प्रयोग गरिन्छ तर पछिल्लो समय मलेरिया, क्या’न्सर तथा पार्किन्सन्सजस्ता रोग पत्ता लगाउन पनि यसलाई परिचालन गर्न थालिएको छ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

प्रतिकृया दिनुहोस्