Friday, January 15

पछिल्ला केही हप्तामा भारतले परीक्षणको दायरा बढाएको थियो। जसकारण छोटो समयमै धेरै संक्रमितहरू फेला परेका हुन्।

August 7, 2020 163

भारतमा पछिल्लो २० दिनमै १० लाख कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

बिबिसीका अनुसार भारतमा सबैभन्दा बढी संक्रमित रहेका राष्ट्र अमेरिका र ब्राजिलभन्दा तीव्र गतिमा संक्रमित थपिँदै गएका छन्। सबैभन्दा बढी संक्रमित भएका मुलुकमा अमेरिका र ब्राजिल पछि भारत तेस्रो स्थानमा छ।

पछिल्ला केही हप्तामा भारतले परीक्षणको दायरा बढाएको थियो। जसकारण छोटो समयमै धेरै संक्रमितहरू फेला परेका हुन्।

शुक्रबारसम्म त्यहाँ संक्रमितको संख्या २० लाख ३० हजार पुगेको छ।  तीमध्ये ४१ हजार ६ सय ७२ जनाले ज्यान गुमाएका छन्।

केही प्रदेशमा परीक्षणको दायरा दैनिक ४० हजार भएपनि कतै भने ६ हजारसम्म मात्रै गरिएको बिबिसीले जनाएको छ।

भारत सरकारले मृत्यु र कम भएको भन्दै लकडाउनको अन्त्य गरेको थियो। तर केही प्रदेशले भने अवस्थालाई हेरी लकडाउन गरेका थिए। भारतले दुई महिनाको लकडाउन गरी अन्त्य गरी गत जुनदेखि आर्थिक गतिविधि सुरू गरेको थियो।

भारतको जनसंख्याका अनुसार संक्रमितहरू त्यत्ति धेरै नभएको विज्ञहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्