Monday, January 18

टिकटक र विच्याटमाथि व्यापक प्रतिबन्ध !

August 7, 2020 72

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई लोकप्रिय चिनियाँ सामाजिक संजाल टिकटक र विच्याटमाथि व्यापक प्रतिबन्धको घोषणा गरेका छन् । चीनसँग जारी टकरावका बीच अमेरिकाको यो घोषणाले दुई देशबीचको विवादलाई थप उचाइमा पुर्याएको छ । न्यूयोर्क टाइम्सका अनुसार बिहीबार जारी भएका यी दुई कार्यकारी आदेश ४५ दिनसम्म प्रभावी हुनेछन् र यी आदेशमा सुरक्षा चिन्ता उल्लेख गरिएको छ ।

यी कार्यकारी आदेशले ओरिकामा बस्ने कुनै व्यक्ति, समूह, संगठन वा अन्य कसैले पनि टिकटक र विच्याटसँग कुनै पनि किसिमको आर्थिक कारोबार गर्न प्रतिबन्ध लगाउँछन् । यो आदेशले ४५ दिन बत्नुभन्दा पहिले भएका कुनै पनि कारोबारलाई रोक लगाउँछन् । ४५ दिनपछि भने यो प्रतिबन्ध खुल्न सक्ने सम्भावना रहन्छ किनकि टिकटकलाई अमेरिकी कम्पनी माइक्रोसफ्टले किन्ने प्रयास गरिरहेको छ र उसले किन्न सफल भएको अवस्थामा प्रतिबन्ध हट्ने सम्भावना रहन्छ ।

प्रतिकृया दिनुहोस्