Tuesday, January 26

राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

August 5, 2020 155

काठमाडौं । सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । को’रोना भा’इरसको बढ्दो सं’क्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय सं’क्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको बताए ।

उनले भने, ‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।’सरकारले बिहीबारबाटै लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी सं’क्रमित भएका जिल्लामा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्