एजेन्सी,२० साउन । प्रकृतिले यो धर्तीमा मानिस जनावर दुवै बनाएका छन् । धर्तीमा जनावरलाई अद्रभुत प्राणी मानिन्छ । तर मानिस जस्तै विचित्र जनावर पनि हुनसक्छन् । जनावरको धेरै हर्कत मानिससँग मिल्दो जुल्दो हुन्छ ।
जनावर मध्ये पान्डाको बाच्ने शैली पृथक छ । पान्डा खेलेको उफ्रेको देख्न सकिन्छ । तर सुत्नलाई निश्चित स्थान हुँदैन । उनीहरु जहाँ पनि निदाउन सक्छन् । तुर्कि पक्षी बिना सम्बन्ध प्रजनन गर्न सक्छन् । र इमुस पक्षीको पछाडि जाँदैनन् । किवी लगभग अन्धा हुन्छन् र मुख्य रुपमा गन्धद्धारा चारैतिर पत्ता लगाउन सक्छन् । स्क्विड पानीमा बस्छन, उनीहरुले शरीरको आकार एउटा ठुलो बसको जत्रो बनाउन सक्ने उनीहरुको विशेषता हुन्छ ।
एउटा यस्तो अद्भुत मन्दिर, जहाँ राखिएको छ भगवान गौतम बुद्धको दाँत !
भगवान बुद्ध, जसलाई हामी गौतम बुद्धको नामबाट चिन्छाैं। उनकाे मृ’त्यु ईसाइ-पूर्व ४८३ मा भएको थियो। यो घ’टना भएको हजारौं वर्ष भइसक्यो। तर तपाईँलाई अचम्म लाग्न सक्छ, श्रीलंकामा एउटा यस्तो अद्भुत मन्दिर छ। जहाँ आज पनि भगवान बुद्धको दाँत राखिएको दा’बी गरिन्छ। यो मन्दिर श्रीलंकाको क्यान्डी सहरमा छ।
यस मन्दिरलाई ‘दाँत मन्दिर’ को नामबाट चिनिन्छ। क्यान्डी सहरमा कुनै बेला श्रीलंकाको राजधानी थियो। श्रीलंकाका राजा यहाँ रहन्थे। क्यान्डीको धार्मिक महत्व पनि धेरै छ, किनकी यहाँ अनेक महत्वपूर्ण बौद्ध मन्दिर छन्।
भगवान बुद्धको देहा’न्तपछि एक अनूयायीले उनको चि’ताबाट एउटा दाँत निकालेर राजा ब्रह्मदत्तलाई दिएको मान्यता छ। कयौँ वर्षसम्म भगवान बुद्धको उक्त दाँत राजा ब्रह्मदत्तसँग रह्यो। यो पनि भन्ने गरिन्छ कि बुद्धको उक्त दाँतका लागि कयौँ लडा’इँ पनि भयो।
र, वुद्धका एउटा अनुयायीले उक्त दाँत चोरे’र श्रीलंका पु-याएको बताइन्छ। प्राचीन समयमा क्यान्डीका एक राजाले आफ्नो महलसँगै भगवान बुद्धको दाँतका लागि लिए एक विशाल मुर्ति बनाउन लगाए र त्यसपछि त्यो दाँत मन्दिरमा राखेको मान्यता छ।
हरेर बुधबार भगवान बुद्धको दाँतलाई सुगन्धित फूल र पानीले प्रतीकात्मक रुपमा स्नान गराइन्छ। त्यसपछि जललाई श्रद्धालुलाई प्रसादको रूपमा वितरण गरिन्छ।
प्रतिकृया दिनुहोस्