Friday, January 22

मोदीले गर्न लागेको भूमिपुजनमा सहभागी हुन हिँडेका जानकी मन्दिरका महन्तलाई यसरी फर्काइयो

August 4, 2020 320

काठमाडौं । जनकपुरधामस्थित जानकी मन्दिरका महन्त तपेश्वर दासलाई नेपाल प्रहरीले भिठ्ठामोडबाट फर्काइ दिएको छ। राम जन्मभूमि अयोध्यामा हुने बुधबारको शिलान्यास तथा भूमिपूजनमा सहभागी हुन जनकपुरको माटो तथा पूजा सामग्रीसहित जाँदै गरेका दासलाई प्रहरीले फर्काइदिएको स्रोतले जनाएको छ। को’रोना सं’क्रमण फैलिएपछि जनकपुरमा अहिले एक साता क’डा नि’षेधाज्ञा जारी गरिएको छ ।

नि’षेधाज्ञाकै बीचमा भारत जान लागेपछि उनलाई रोक लगाइएको हो। प्रधानमन्त्री केपी ओलीले रामको जन्म नेपालकै पर्साको ठोरीमा भएको हुन सक्ने अभिव्यक्ति दिएपछि भारतले हतारहतारमा रामको मन्दिर शिलान्यास गर्न लागेको हो । भारतीय प्रधानमन्त्री मोदीले बुधबार भूमिपुजनसहित भवनको शिलान्यास गर्दै छन्।

प्रतिकृया दिनुहोस्