Wednesday, January 20

कार्टुनमा नानी भेटिएको नाटक गर्ने पुष्पालाई युवतीले घरमै गएर थर्काइन, सहयोग फिर्ता गर्नेको लाइन

August 4, 2020 282

काठमाडौँ | कपनस्थित आकाशेधाराका चौरमा बालबालिका खेलिरहेका थिए। नजिकैको चौरमा एउटा कार्टुन देखे। कार्टुनमा के रहेछ भनेर हेर्न जाँदा भर्खर निद्राबाट ब्युँझेर हाई गरिरहेको बच्चा देखे। कपडामा बेरर राखिएको ४-५ दिनकी शिशु ती बालिका देखेपछि झनै खुसी भइन्। ती बालिका नजिकै आएका बालिकालाई हेर्न थालिन्। ‘केयर बाल गृह’ का बालबालिकाले ती शिशुलाई आफ्नो घर लैजाने भने। सार्वजनिक भएको भिडिओमा पनि उनीहरूले बाल गृहकी सञ्‍चालिका पुष्पा अधिकारीलाई खबर गरेको सुनिन्छ।

यसरि सुरु भएको घटना अहिले सबै झुठो साबित भएको छ | तर यही साउन १२ गते एउटी निर्दयी आमाले पैसा कमाउने लोभमा त्यसै गरेको तथ्य खुलेको छ । घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो । कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाडमँछाड गरेर ओइरिए । ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलार्य आर्थिक सहयोगको ओइरो नै लाग्यो । तर बास्तबिकता अर्कै भएपछी यी युवती र सहयोग फिर्ता गर्नेले यसरि घर घेरे –

प्रतिकृया दिनुहोस्