Friday, March 5

तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव फेला

August 4, 2020 172

काठमाडौंको तीनकुनेस्थित बागमती खोलामा एक पुरूषको शव भेटिएको छ।

मंगलबार दिउँसो दुई बजे भिएस निकेतन स्कुल अगाडिको खोलामा एक पुरूषको शव भेटिएकाे हो। महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतका अनुसार उनी करिब २५ देखि ३० वर्षका पुरूष हुन्।

‘खोलामा बग्दै आएको शव हो कसको हो भन्ने पहिचान भइसकेको छैन,’ डिएसपी बस्नेतले भने, ‘अहिले खोलाबाट हामीले शवलाई निकाली सकेका छौं।’

प्रहरीले घटनास्थलबाट मुचुल्का उठाउँदै गरेको डिएसपी बस्नेतले बताए। उनको पहिचान भने हुन सकेको छैन। ‘ती व्यक्ति को हुन् भन्ने पहिचान हुन्छ कि भनेर सोधिखोजी गरिरहेका छौं,’ उनले भने।

प्रतिकृया दिनुहोस्