Friday, January 22

गोर्खा भर्ती ब’न्द गर्ने परराष्ट्रमन्त्रीको संकेत पछि भारतीय मिडियामा खैलाबैला, मोदीकै मिडियाले बनाए यस्तो रिपोर्ट (भिडियो हेर्नुस्)

August 3, 2020 227

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार गोर्खा भर्तीसम्बन्धी नेपाल, भारत र बेलायतबीच भएको सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका थिए । उनले पुरानो सम्झौताको औचित्य नरहेको प्रतिकृया दिए । उनले यो सन्धि अहिलेको अवस्थामा उपयुक्त नभएको र परिमार्जनको आवश्यकता औल्याएका थिए । उनले अहिलेको अवस्थामा त्यसको पुनरावलोकन नगर्दा अहिलेको समयमा अनुपयुक्त देखिए सन्धि खारेज समेत हुन सक्ने संकेत गरे ।

नेपालले गोर्खा भर्ती बन्द गर्न सक्ने संकेत गरेसँगै यसले भारतमा नयाँ तरंग ल्याएको छ । भारतीय मिडियामा यसवारे प्राथमिकताका साथ समाचार प्रकाशन भएका छन् । भारतीय अखबार इण्डिया टाइम्समा यस विषयमा ‘काठमाडौंले किन गोर्खा सन्धि पुनरावलोकन गर्न चाहन्छ ?’ शीर्षमा रिपोर्ट प्रकाशित भएको छ ।

रिपोर्टमा भनिएको छ – नेपालले भारत र बेलायतसँग हस्ताक्षर गरेको १९४७ को सन्धिले ती दुई देशलाई गोर्खालीहरुलाई सैन्य सेवाका लागि लिन अनुमति दिन्छ । अहिले नेपालले यो सन्धि पुनरावलोकनको माग उठाइरहेको छ । यो वर्षको सुरुवातमा नेपालले बेलायतलाई रिटायर्ड गोर्खा सैनिकहरुले लामो समयदेखि सेवा सुविधामा विभेद भोग्नु परेको उल्लेख गर्दै पत्र लेखेको थियो ।

नेपाली मिडियाका अनुसार नेपालले सन्धिका विभेदपूर्ण व्यवस्था खारेज गर्ने वा संशोधन गर्ने योजनासहित बेलायतलाई आग्रह गरेको थियो । अहिले नेपालको द्विपक्षीय सम्झौता पुनरावलोकन गर्ने माग दुई देशबीच सीमा विवादका कारण सम्बन्ध बिग्रिएको बेला आएको छ ।

प्रतिकृया दिनुहोस्