Monday, January 18

इतिहासमै पहिलोपटक मंगल ग्रहमा हेलिकप्टर पठाइदै, यि असम्भव कामलाई बनाउँनेछ सम्भव !

August 1, 2020 290

एजेन्सी । मंगल ग्रहमा हेलिकप्टर पठाउन सम्भव छकी छैन रु संसारका शक्ती सम्पन्न राष्ट्रले अनेकन कोशिस जारी राखेका बेला इतिहासमै पहिलोपटक मंगल ग्रहमा हेलिकप्टर पठाइदैछ । यो कामलाई नासाले सम्भव हुने दाबी गरिरहेको छ ।

पृथ्वीपछि जीवनको सम्भावना रहेको ठानिएको सौर्यमण्डलको अर्को ग्रह मंगलमा वैज्ञानिकहरु रकेटको माध्यमबाट त्यहाँ गएर अध्ययन अनुसन्धान गर्दै आएकोमा पहिलो पटक नासाले आफ्नो नयाँ मंगल मिसन अन्र्तगत अध्ययन र अनुसन्धानका लागि मार्स रोबरका साथ एक ड्रोन हेलिकप्टर समेत मंगल ग्रहमा पठाउन लागेको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार मंगलको ग्रहको सतहमा गुडेर विभिन्न नमूना संकलन तथा अन्य तथ्यहरु संकलन गर्ने नासाको तयारी छ ।

नासका अनुसार मंगलमा पठाउन लागीएको मार्स रोबरको तौल १ हजार किलो तथा ड्रोन हेलिकप्टरको तौल जम्मा २ किलो रहेको छ । २३ वटा क्यामरा जडान गरिएको रोबरले १० वर्षसम्म मंगल ग्रहमा अध्ययन अनुसन्धान गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्