Thursday, January 21

Breaking>>अमेरिकामा टिकटक प्र’तिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

August 1, 2020 164

काठमाडौँ। अमेरिकाले चिनियाँ मोबाइल एप टिकटकमा प्रतिबन्ध लगाउने भएको छ।अमेरिकाका राष्ट्रपछि डोनाल्ड ट्रम्पले सम्भवत आईतबार देखि नै टिकटक प्रतिब’न्ध गर्ने जानकारी दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकारसँग बताएअनुसार यसबारे उनले सम्भवतः आज शनिबार आदेशमा हस्ताक्षर गर्नेछन्।

ट्रम्पले फ्लोरिडा भ्रमणबाट फर्किने क्रममा पत्रकारसँग भने, ‘जहाँसम्म टिकटिकको प्रश्न छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध लगाउँदै छौं।’यसका लागि आफूले आपतकालीन आर्थिक अधिकार एवं कार्यकारी आदेश लागू गर्ने विचार गरिरहेको उनले बताए। भने, ‘मलाई यसको अधिकार छ, म यसबारे शनिबार हस्ताक्षर गर्दैछु।’

प्रतिकृया दिनुहोस्