Wednesday, January 27

अब मास्क नलगाउनेलाई एक महिना कै’द

August 1, 2020 167

विराटनगर : मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई मोरङमा एक महिनासम्म कै’द स’जाय गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सं’क्रमणबाट जोगिन मास्क र सेनीटाइजरको आवश्यकता एवं प्रयोग अनिवार्य रहेको ठहर गर्दै जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो।

संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य, सुरक्षा र यातायातसँग सम्बन्धित मापदण्ड सबैले पालना गर्नु पर्ने भएकाले कैद सजायको बाध्यकारी निर्णय गर्नु परेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

कोरोनाबाट बच्न सबै जनाले दुई मिटरको सामाजिक दूरी कायम गरी मास्क र सेनीटाइजरको अनिवार्य प्रयोग गर्नु पर्ने उनले बताए । यसलाई उल्लंघन गर्नेलाई संक्रामक रोग निवारण ऐन २०२० बमोजिम एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना गरिने निर्णय कोभिड-१९ उच्चस्तरीय समितिको बैठकबाट भएको उनको भनाइ छ ।

यस्ता कामलाई बाधा गर्नेलाई छ महिनासम्म कैद वा छ सय रुपैयाँसम्म ज’रिवाना गरिने जानकारी खड्काले दिए ।

‘कोरोनाले महामारीको रुप लिइरहेका बेला सबैले सावधानी अपनाउनु पर्ने हो । तर हेलचेक्राई गरिरहेका कारण संक्रमण फैलिएको पाइयो,’ उनले भने, ‘त्यही भएर कोरोनाबाट सबैलाई सु’रक्षित राख्नका लागि कार’बाहीको बाध्यकारी निर्णय गर्नुपर्ने अवस्था । नियम उ’ल्लंघन गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने छ ।'(अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ)

प्रतिकृया दिनुहोस्