Tuesday, January 26

डाक्टर दम्पत्तिलाई नमन, जसले पैसा अभावमा उपचार गर्न नसक्नेलाई बचाएर नयाँ जीवन दिए

July 30, 2020 167

डाक्टर दम्पत्तिलाई नमन, जसले पैसा अभावमा उपचार गर्न नसक्नेलाई बचाएर नयाँ जीवन दिए ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ७ को ५ वर्षिय बालक जयदेव दंगालको जटिल प्रकारको हर्नियाको शल्यक्रिया सफल भएको छ ।

डाक्टर अर्चना केसी र उहाँका श्रीमान डाक्टर विनोद दंगालको अभिभाकत्वमा शल्यक्रिया सफल भएको हो । उपचारको लागि १ हजार पनि खर्च गर्न नसक्ने अवस्थामा रहेका जयदेवका बाबु गोपीचन्द्र दंगालले छोराको उपचार सफल भएकोमा निक्कै खुसी व्यक्त गर्नुभयो । खर्चको ब्यवस्थापन पनि डाक्टर दम्पत्तिले नै गरेका थिए ।

प्रतिकृया दिनुहोस्