July 30, 2020 198
काठमाडौं । बाहिर जिल्लाबाट काठमाडौं भित्रिनेको संख्या बढेसँगै कोरोना संक्रमणको जोखिम भएको भन्दै सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्ने भएको छ ।
काठमाडौं आएका ठुलो संख्यामा यात्रुहरुलाई कोरोना पोजेटिभ देखिएको भन्दै गृहमन्त्रालयले आवागमनमा निगरानी साथै चेकजाँचलाई कडाइ गर्न निर्देशन दिएको हो ।
साउन १५ गते बिहीवार(आज) बाट लागू हुनेगरी बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका पूर्णरुपमा बन्द गर्न जारी विज्ञप्तीमा भनिएको छ ।
साथै काठमाडौं बाहेकका अन्य जिल्लामा समेत अन्तर जिल्लामा अत्यावश्यक काम बाहेक सवारी पास आवागमन पास जारी नगर्न समेत निर्देशन दिएको छ ।
प्रतिकृया दिनुहोस्