Monday, January 18

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय

July 30, 2020 185

काठमाडौं-  सरकारले बाढी–पहिरो तथा डुबानजस्ता विपदमा मृत्यु हुनेको परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिवारमा एकजना सदस्यको विपदमा मृत्यु भएमा दुई लाख र अन्य व्यक्तिको मृत्यु भएमा त्यसमा थप एक लाख रुपैयाँ राहत दिइने निर्णय भएको जानकारी दिए ।

प्रवक्ता डा. खतिवडाले मानवीय क्षतिबाहेक घर, आवास, बाली, अन्य भौतिक नोक्सानी भएका परिवारलाई पनि उचित राहतको व्यवस्था गरिएको बताए ।

सरकारले विद्यालय भवन र परिसरमा ‘क्वारेन्टिन’ र ‘आइसोलेसन’सम्बन्धी कुनैपनि काम सञ्चालन नगर्ने निर्णय गरेको छ ।

शैक्षिकसत्र २०७६/०७७ को नजिता प्रकाशन गर्न बाँकी रहेका नतिजा प्रकाशन गर्ने, भदौ १ गतेबाट नयाँ विद्यार्थी भर्ना र कक्षागतरुपमा विद्यार्थीको विवरण एकीन गर्नेलगायतका निर्णयहरु मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

प्रतिकृया दिनुहोस्