Tuesday, January 19

आज पूर्वयुवराज्ञी हिमानी शाहका छोरा हृदयेन्द्र शाहको जन्मदिन

July 29, 2020 249

काठमाडौं । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहका पुत्र हृदयेन्द्र शाह आजबाट १९ औं वर्षमा प्रवेश गरेकी छिन् ।२०५८ साउन १४ गते काठमाडौंमा जन्मेका हृदयको जन्मदिनको अवसरमा आज उनलाई आफनत , शुभेच्छुक तथा सर्वसाधारणहरुले बिहानैदेखि शुभकामना दिइरहेका छन् । भाइको जन्मदिनको अवसरमा उनकी दिदी पुर्णिका शाहले सामाजिक सञ्जालमा शुभकामना दिँदै भाइलाई यसरी आशिर्वाद दिएकी छिन्

बाँध्छन् जो अरु, त्यो स्वयं अघि सरी फुस्काइदिन्छौ तिमी
राख्छन् जो अरु, मुक्तहस्त बनि त्यै बाँडेर दिन्छौ तिमी
कस्तो यो छ विचित्र विश्वभरमा आश्चर्य लाग्ने कथा
नेपाली ईतिहास राख्छ सुनमा लेखेर तिम्रो कथा

स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु।
गोहस्तिवाजिधनधान्यसमृद्धिरस्तु।
ऐश्वर्यमस्तु विजयोऽस्तु रिपुक्षयोऽस्तु
कल्याणमस्तु सततं हरिभक्तिरस्तु
इश्वरस् सदा त्वां च रक्षतु।
३शुभजन्मोत्सव२०७७

प्रतिकृया दिनुहोस्