Sunday, January 17

५ बर्षमा बुवाको किरिया गरेका शुसिलको जादुमय स्वर । शिशिर भण्डारीलाई भेट्न धादिङदेखि आए र आफ्नो दुखद जीवनकथा सुनाए (भिडियो हेर्नुस)

July 28, 2020 121

शिशिर भण्डारी) ५ बर्षमै बुवा गुमाएर आफुले काज किरिया गरेको दुखद कथा शुसिल सुन्दासले सुनाउँदा मन जसोतसो थामें । आफ्नो जीवनमा आधारित मर्मस्पर्शी गीत १३ बर्षे बाबु शुसिलले गाईरहँदा मेरा आँखा रसाए । शुसिल यस्तो जादुमय ढँगले लोक गीतहरु गाउने रहेछन् कि, म अचम्मै परे । यतिबेला आफ्नो गीत रेकर्डका लागि धादिङको दुर्गम गाउँबाट आफ्नो भानिज दाईसँग काठमाडौं आएका शुसिलको यो कलाको सम्मान गर्दै सबैले एक शेयर गरिदिनुहोला । बाबुले आफ्नो जीवनको कथा सुनाउँदै यस्तो गीत गाए-

बाल्यकालमा बाबा बिते, पढ्नु लेख्नु छैन ।
कस्ता थिए मेरा बाबा, मुख देख्न नि पाईन् ।
आमा सधैं दासी भईन, अर्काकै कामलाई ।
खान, लाउन, पढ्न, लेख्न गाह्रो भयो हाम्लाई ।
दिदी थिईन् जेठी बाठी, छिट्टै बिहे भयो ।
साहुहरुको श्रृण तिर्न दाई नि बम्बै गयो 😢😢
शुसिलको कला र दुख बुझ्न यो लिँक क्लिक गरेर भिडियो हेर्नुहोला-

प्रतिकृया दिनुहोस्