Friday, January 15

घरपालुवा बिरालोमा पनि देखियो कोरोना, बिरालोबाट मानिसमा सर्छकी सर्दैन ?

July 28, 2020 466

बीबीसी । अहिलेसम्म मानिसमा मात्रै देखा परेको कोरोना भाइरसल पहिलो पटक बिरालोमा पनि देखिएको छ ।
बिरालोका मालिकमा कोरोनाभाइरस सङ्क्रमण देखिएको केही दिनमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । घटना हो बेलायतको ।

यूकेकी प्रमुख भेटेरिनरी अधिकारी क्रिस्टिन मिडलमिसले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आउने घरपालुवा जनावरको रौँमा भाइरस रहिरहन सक्ने समेत जनाएकी छिन् । युरोप, उत्तर अमेरिका तथा एशियामा एकदमै कम सङ्ख्यामा घरपालुवा जनावरहरूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका छन्। हाल भने बिरालोका मालिकमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

अहिले दुवै निको भइसकेका छन्। स्वास्थ्य अधिकारीहरूले यो एकदमै विरल घटना भएको र चिन्ताको विषय नभएको बताएका छन्। गत एप्रिल महिनामा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जूमा एउटा बघिनीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो।

 

 

प्रतिकृया दिनुहोस्