Saturday, March 6

कतारबाट स्वदेश फर्किनेहरुका लागि थप ६ जहाजले उडान गर्ने

July 28, 2020 154

दोहा : कोरोना भाइरस (कोभिड १९) का कारण सिर्जना भएको असहज परिस्थितिका कारण कतारबाट तत्काल नेपाल फर्किन चाहनेहरुका लागि थप ६ वटा उडानहरु तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार नेपाल र हिमालय एयरलाइन्सले तीन : तीन उडान गर्ने भएको छ । हिमालय एयरलाइन्सले दोहाबाट जुलाई ३१, अगष्ट ३, अगष्ट ५ का लागि तीनवटा थप उडानको सूचि पठाएको दूतावासले जनाएको छ ।

यस्तै नेपाल एयरलाइन्सले अगष्ट १, ३ र ४ मा उडान गर्ने भएको छ । दूतावासले सार्वजनिक गरेको नामावलीमा नाम आएकाहरुलाई टिकट खरिद गरि तयारी अवस्थामा बस्न पनि अनुरोध गरेको छ ।

स्वदेश फर्किन तयारी रहेकाहरुले एथेराज अप्प प्रयोग गर्नु पर्ने र सो एप नभए उडान गर्न नसक्ने दूतावासले जनाएको छ । कतारबाट झन्डै १२ हजारले स्वदेश फर्किन आफ्नो नाम टिपाए पनि हालसम्म विभिन्न चरणमा गरि ३ हजार ३ सय १७ जना मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस्