Friday, January 22

पर्सामा दुई चिकित्सकसहित थप १५ जनामा देखियो कोरोना

July 28, 2020 161

वीरगन्ज -पर्सामा दुई चिकित्सकसहित थप १५ जनालाई कोरोना देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा २ चिकित्सकसहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१३ जना पर्सा, एक जना बारा र एक जना इलामका संक्रमित रहेको नारायणी अस्पतालले जनाएको छ । त्यस्तै संक्रमित दुवै चिकित्सक नारायणी अस्पतालकै रहेको बताइएको छ । नयाँ संक्रमितमध्ये ५ जना कन्ट्याक्ट ट्रेसिङका आधारमा पत्ता लागेका हुन् ।

दुई संक्रमित भारतबाट आएको तथा । तीन जना बारा–पर्सा औद्योगिक कोरिडोरको एक उद्योगका कामदार रहेको । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए ।थपिएका संक्रमितमा ७ जना वीरगन्ज महानगरका बासिन्दा हुन् ।

प्रतिकृया दिनुहोस्